काठमाडौं / मोरङ र ललितपुरमा गरी तीनजना व्यवसायीको हत्यामा संलग्न थप दुईजनालाई प्रहरीले  पक्राऊ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको देवानगन्ज ६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङको रंगेली ३ का ३० वर्षीय महमद सुभाम रहेका छन ।


दुवैजना खाडल खनेर शव गाड्न संलग्न भएको प्रहरीले जनाएको छ । उखुबारीमा शव गाड्न सलग्न भएका उनीहरुबारे प्रहरीले बिहिबार पक्राउ परेकाहरुको बयानबाट पत्ता लगाएको थियो ।

OM Sai Pathibhara Hospital

ललितपुरमा मोहनप्रसाद लिम्बूको २८ मंसिरमा, मोरङमा राजेन्द्रप्रसाद श्रेष्ठको ५ पौषमा र शम्भुनाथ चौधरीको ७ पौषमा एकै समूहले हत्या गरेको थियो । हत्याका मुख्य योजनाकार अनिलकुमार मण्डल सबैभन्दा पहिले पक्राउ परेका थिए । उनको बयानका आधारमा थप ४ जना पक्राउ परेका छन् ।

हत्यामा ८ जनाभन्दा बढी संलग्न भएको सूचनाका आधारमा प्रहरीले अन्यको पनि खोजी गरिरहेको बुझिएको छ । हत्यामा संलग्नहरु पेशेवर अपराधी रहेको खुलेको छ । हत्याका लागि पक्राउ परेका अमित साहले ३ लाख बैना नै लिएको खुलेको छ ।

साहले हत्याको जिम्मा लिएर नासिर आलमसहित बाँकी अभियुक्तहरुलाई पैसा दिएर जोडेको प्रहरीले खुलाइसकेको छ । योजनावद्ध रुपमा ललितपुरको ठेचोमा घर भाडामा लिई सुरुमा मोहनप्रसाद लिम्बूको हत्या गरेका थिए ।

हत्या कमिशन वापतको रकम विवाद नै रहेको खुलेको छ । तर, प्रहरीले जग्गा कारोबारसम्बन्धी धेरै विषयहरुबारे गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।