काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका वडा सदस्यले सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य वसन्त महर्जनले सेवाग्राहीसँग २ लाख लिएको भन्दै मुद्दा दायर गरेको हो ।

वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण–पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिन भन्दै सेवाग्राहीसँग उक्त रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । महर्जनलाई अख्तियारको टोलीले गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

OM Sai Pathibhara Hospital

वडा सदस्य महर्जनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को अनुसार बिगो मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।