धादिङ्ग / पृथ्वीलोकमार्ग अन्तर्गत धादिङ्गको धुनिबेशी नगरपालिका–९ बिसकिलोमा आज बिहान पौने ३ बजे ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् ।
काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको बा ४ ख ११६२ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक धुनिवेशी–८ भदौरेका ३२ बर्षीय राज कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते भएका परिचालक काठमाडौंका २० बर्षीय सविन कुँवरलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । ट्रिपर अनियन्त्रीत भई सडकबाट अन्दाजी २० मिटर तल खसेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।