बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका ४ ओमशान्ति टोल स्थितबाट लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ६ बजे प्रहरी  चौकी बिर्ताबजारबाट खटिएको प्रहरी  टोलीले बिर्तामोड- ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र बिर्तामोड -५ का १८ वर्षीय अर्वाज खानलाई प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।