झापा / जिल्ला अदालत सप्तरीले विभिन्न मुद्दामा दोषी देखाउँदै फैसला गरे पनि फरार भएका नौ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका राजगढ नगरपालिका ६ का राम किसुन खंग , शिव देव खंग , गर्भी खंग , रामसेवक खंग र हर किशुन खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यस्तै लुटपाट मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका -२ का दयावती बि. क, विरेन्द्र बि. क र दुलारी देवी वि. कलाई पनि पक्राउ गरी जरिवाना असुलीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता काफ्लेले बताए।
विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दाका आरोपीहरूले जनही पाँच सय तिर्नुपर्ने र लुटपाट मुद्दाका दोषी दयावति बि. कले २१, विरेन्द्र बि. क र दुलारी बि. कले ५० रुपैयाँ तिर्नुपर्नेछ।