काठमाडौं / काठमाडौंबाट बिलबिनाको १३ केजी चाँदी सहित एक जना पक्राउ परेका छन् ।
दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट बिलबिनाको करिब १३ केजी चाँदीजस्तै देखिने सामानसहित बारा सिम्रौनगढ नगरपालिका ८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।बाराको कलैयाबाट काठमाण्डुतर्फ आउँदै गरेको ना १ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार साहलाई उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो ।