काठमाडौँ / सरकारले सोनाम ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्को माघ १७ गतेको निर्णय अनुसार भोलि सार्वजनिक बिदा दिन लागिएको हो ।
गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बुधबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।