झापा / १३ वर्षकी बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय बर्दियाले ज्यान मार्ने धम्की दिएर १३ वर्षकी बालिकालाई जबरजस्ती करणी गर्ने ४१ वर्षका मनिराम थारूलाई पक्राउ गरेको जनाएको छ । 

OM Sai Pathibhara Hospital

थारूले बालिका घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको प्रहरीले जनाएको छ । 

बालिकाको उपचार गराउने क्रममा गर्भमा बच्चा रहेको थाहा पाएको र माघ १६ गते पीडित बालिकाको गर्भबाट छोरीको जन्म समेत भएको उजुरी आएपछि थारूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । 

प्रहरीका अनुसार बर्दिया ठाकुरबाबा नगरपालिकाका थारूले बालिकालाई कोही कसैलाई भनेमा मारेर फालिदिन धम्की दिएका थिए । प्रहरीले थारूलाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसुरमा बर्दिया जिल्ला अदालत गुलरियाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।