काठमाडौँ / नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले अन्तराष्ट्रिय अवार्ड टी–एक्स–२ पाएको छ । बाघ संरक्षणमा बर्दिया राष्ट्रिय निकुञ्जले महत्त्वपूर्ण योग्दान पुर्याएमा सो अवार्ड पाएको हो ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको पहिलो विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने निकुञ्जलाई उक्त अवार्ड प्रदान गरिने बताइएको थियो । सोही प्रतिबद्धताअनुसार उपलब्धि हासिल गरेकाले निकुञ्जले टीएक्स –२ अवार्ड पाएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा योबीचमा बाघको संख्या करिब चार गुणाले बढेको छ । सन् २००९ मा बर्दियामा निकुञ्जमा १८ वटा बाघ थिए । उक्त संख्या बढेर सन् २०१८ मा ८७ पुगेको छ । यो वर्षको बाघ गणनामा पनि बाघको संख्या बढ्ने अनुमान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिए ।
बर्दियासँगै उत्कृष्ट बाघ संरक्षण मार्ग निर्माण गरेको भन्दै खाता करिडोर जैविक मार्ग समितिलाई पनि पुरस्कृत गरिएको छ । यो करिडोरअन्तर्गत ७४ वटा सामुदायिक वन छन् ।
भारत र नेपालको सीमामा पर्ने यो करिडोर हुँदै बाघहरू आवतजावत गर्छन् । यो करिडोर बर्दिया निकुञ्ज र भारतको कतारिन्घाट वाइल्डलाइफ स्याङ्चुरी पनि पर्छ ।
यो वर्षको सेप्टेम्बरमा रुसमा हुने दोस्रो विश्व बाघ सम्मेलनमा अवार्ड दिइने छ । यो अवार्ड हाम्रोका लागि ठूलो रिकग्निसन पनि हो ।
बाघको बासस्थान सुधारका लागि निकुञ्जले हरेक वर्ष १२ सयभन्दा बढी घाँसे मैदान व्यवस्थापन गर्दै आएको छ ।
घाँसे मैदानको व्यवस्थापन हुँदा बाघका आहारा प्रजाति बढ्छ । यस्तै, निकुञ्जले कृत्रिम पोखरीहरू पनि निर्माण गरेको छ ।
सोलार फ्लोरिङ प्रयोग गरेर पनि सुख्खा मौसममा नियमित पानीको उपलब्धता बनाइएको निकुञ्जले जनाएको छ ।