बिर्तामोड / झापाको बिर्तामोडबाट पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बरथवा नगरपालिका २ हजरीया घर भएका ३८ वर्षका गङ्गा मगर रहेका छन् ।      

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागे पछि मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । उक्त घटनाको खबर प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।