काठमाडौं / औद्योगिक क्षेत्र बालाजुमा ग्यास बुलेटमा च्यापिएर एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दीलिप राजवंशी रहेका छन् ।
बिहीबार बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि उनी च्यापिएका थिए ।
चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।