काठमाडौँ / काठमाडौँको शङ्करापुरमा घरभित्रै निस्सासिएर दुई जनाको मृत्यु भएको छ । 

शंकरापुर नगरपालिका –३ बोझेनीका ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङको निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।

OM Sai Pathibhara Hospital

गएराति आफ्नै घरमा आगो बालेर सुतेका उनीहरू बिहान मृत भेटिएको महानगरीय प्रहरी प्रभाग साँखुकी प्रहरी प्रमुख (इन्सपेक्टर) जानुका खरेलले जानकारी दिइन् । 

खरेलका अनुसार थिङ दम्पतीका छोरा सुनिल भने सकुशल छन् ।