झापा / सहोदर भाइको छोरी हत्या गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिका –७ पिपल छाप बस्ने ३८ वर्षीय बासुदेव ढकाल पक्राउ गरेको छ । उनीमाथि २७ महिनाकी सविना ढकालको हत्या गरेको आरोपमा छ ।

उनलाई सोमबार पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । ढकालले सुविनालाई जमिनमा पछारेर अचेत बनाई छाडेका थिए । प्रहरीले अचेत अवस्थामा फेला पारेर उपचारको लागि रामपुर अस्पताल  पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

OM Sai Pathibhara Hospital

आरोपीमाथि ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।