बुटवल / रूपन्देहीको देवदह नगरपालिकास्थित घोडाहा जङ्गलमा दुई जनाको शव भेटिएको छ । 

आज (मंगलबार) दिउँसो पूर्वपश्चिम राजमार्ग छेउको जङ्गलमा एक अधवैँशे महिला र अन्दाजी सात वर्षीया बालिकाको शव भेटिएको हो ।  

OM Sai Pathibhara Hospital

शवको प्रकृति हेर्दा बालिकाको घाँटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिए ।

सारुका अनुसार शवको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको छ ।  उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।