काठमाडौं / सिन्धुली प्रहरीले अवैध तरिकाले लुकाई छिपाई ल्याएको १२ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका –३ ग्वालटारमा चेक जाँचको क्रममा आवश्यक कागजात नभएको ९३ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
आइतबार ग्वालटार बजारस्थित प्रहरी चेकपोष्टले मध्य पहाडी लोक मार्गमा ओखलढुङ्गाबाट काठमाडौं तर्फ आउँदै गरेको बा ३ ख ५२६० नम्बरको बस चेकजाँच गर्ने क्रममा १२ लाख ९ हजार रुपैयाँ बराबरको मोबाइल फेला पारेको जनाएको छ ।
प्रहरीले काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका –१ का बस चालक दीपेन्द्र लामा र ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका –६ का सहचालक पासाङ शेर्पालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।