काठमाण्डाैँ / नेपाल–चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी– हिमालय एयरलाइन्स नेपालमै सर्वप्रथम आईएसओ ९००१ः२०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ।

एअरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आईएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आईएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गर्दै गत डिसेम्बर २९ मै सम्मानित गरिएको थियो।

OM Sai Pathibhara Hospital

एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरू तथा हवाई परिवहन सम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिमलगायतका गुणस्तरीय सेवा प्रणाली ब्यवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो।

स्मरणीय छ, हिमालय एयरलाइन्सले यसपूर्व अर्थात् अगस्ट २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ सेवाबापत आईएसओबाट प्रमाणीकरण भइसकेको थियो। 

आईएसओ ९००१ः२०१५ विश्वव्यापी रूपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो। 

जसबाट प्रमाणित संस्थाले प्रदान गर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकको आवश्यकता सन्तोषजनक रुपमा परिपूर्ति गर्ने गर्दछन्।