बिर्तामोड / सुनसरीको इटहरी उपमहानगरपालिका १० मा बसको ठक्करबाट १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तेह्रथुम साब्लाको ४५ वर्षीय बम बहादुर लिम्बू रहेका छन ।

OM Sai Pathibhara Hospital

हिजो साँझ ६ बजे  इटहरीबाट विराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आँउदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा  मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्ट  इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।