झापा / कैलालीमा आइतबार एक जना व्यक्तिले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन् । कैलाली जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोकामगरले आइतबार साँझ आफ्नै श्रीमती भावनाको हत्या गरेका हुन् ।
श्रीमतीको हत्या गरेर फरार भएका रोकामगरको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घरायसी विवादमा रोकामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवीन विष्टले जानकारी दिएका छन् ।
उक्त घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेल नेतृत्वको टोली खटको समेत जानकारी दिएका छन् ।