बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका १९ घर भई जहदा गाउपालिका ३ जयरामपुरमा बस्ने ४० वर्षीय अशोक ऋषिदेवको पानीमा डुबी मृत्यु भएको छ ।
आज बिहान पौने ८ बजे कटहरी गाउपालिका ३ स्थितमा रहेको नहरको पानीमा डुबी उनको मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय विराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली गई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।