काठमाडौं / सालिन , भद्र र निस्कलकंकीत छवीका पुर्वप्रधानन्यायधिश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन देशभरका न्यायालयहरु एक दिन बन्द गरिने भएको छ । 

संवैधानिक-कानुनी समझ भएका स्वच्छ छवीका शर्माको गत बुधवार दिउँसो निधन भए पछि  शनिबार सर्वोच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) ले आईतबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको छ । काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । 

करिव दुई वर्ष प्रधानन्यायाधीशको भुमिकामा रहेर न्यायको पक्षमा सदैव उभिएका शर्माले आफ्नो सेवा अवधी भरी सर्वोच्च अदालतले गरेका निणयलाई कहिल्यै विवादमा तानिन भने दिएका थिएनन् । 

अन्याय र पक्षधरताको विरुद्धमा लड्दै आएका शर्माले आफ्नो सेवा अवधी सकिए पश्चात पनि विलासी जीवनलाई त्यागेर सादा जिवन विताउँदै आएका थिए । तिनै शर्माको निधनले देशको न्यायक्षेत्रलाई मार्मिक बनाएको छ ।

न्याय क्षेत्रमा अतुलनीय योगदान पुर्याएका शर्माको निधनमा सर्वोच्च अदालत सहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरण एकदिनमा लागि बन्द हुने भएको छ । 

सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भनी टिप्पणी समेत गरेको छ ।