काठमाडौँ(एजेन्सी) भारतको सूचना एवं प्रसारण मन्त्रालयले पाकिस्तानबाट संचालित ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्स्टाग्राम अकाउन्ट र फेसबुक अकाउन्टलाई भारतमा प्रतिबन्ध लगाएको छ । 

भारतविरोधी प्रोपागान्डा र नक्कली खबर प्रसारित गरेको र अलगाववादी विचार भाव भएका खबर प्रेसित गरिरहेको भन्दै मन्त्रालयले ती च्यानलमाथि प्रतिबन्ध लगाएको हो ।

OM Sai Pathibhara Hospital

सूचना एवं प्रसारण मन्त्रालयका सचिव अपूर्व चन्द्रले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यी सबैले भारत विरोधी प्रोपागान्डा चलाइरहेको बताए । 

उनले मिडियालाई मानिससम्म सन्देश पुर्याउनका लागि आग्रह गर्दै यदि मानिसलाई यस्ता च्यानलबारे थाहा भए यसबारे जानकारी दिन पनि आग्रह गरे ।