काठमाडौँ / हत्या गरेर नौ वर्षसम्म फरार रहेका ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न बेथानचोक गाउँपालिका–४ का निलबहादुर ९ वर्ष सम्म फरार भएका थिए ।

OM Sai Pathibhara Hospital

भक्तपुरको दूधपाटीमा लुकेर बस्दै आएको पत्ता लगाएपछि उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । पक्राउ गरेपछि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेलमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताएका छन् । 

 २०६९ कात्तिक ८ गते स्थानीय विद्यालयको सांस्कृतिक कार्यक्रममा दुई गाउँलेबीच झडप हुँदा धारिलो हतियार प्रहार गरी एन्जलको हत्या गरिएको समेत खतिवडाले जानकारी दिएका छन् ।

अदालतले २०७४ असार १४ गते प्रतिवादी निलबहादुरलाई २० वर्ष कैद सजाय फैसला सुनाएको थियो । 

प्रहरीले यसअघि गत मङ्गलबार एन्जलको हत्यामा संग्लग्न फौदे भनिने २५ वर्षीय पोते तामाङलाई समेत पक्राउ गरेको छ । उनलाई पनि जिल्ला अदालतले सोही दिन २० वर्ष कैद फैसला सुनाएकाले कार्यान्वयनका लागि अदालत पेश गरिएको समेत प्रहरीले जनाएको छ ।