झापा / सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी तिरहुत गाउँपालिका-५ का २७ वर्षीय राजकुमार मेहता, १९ वर्षीय सिन्धु सदा र अग्निसाइर कृष्णसवरण गाउँपालिका-६ का २५ वर्षीय बैजु साह रहेका छन् ।
उनीहरूलाई बिहीबार राति १० बजे छिन्नमस्ता गाउँपालिका-१ बरहीबाट पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
बरही कोसी कर्णाल पम्प नहरको बाटोमा को२३प २७७३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरू पक्राउ परेको काफ्लेले बताए ।
उनीहरूको साथबाट सय एमएलको १९० बोत्तल डाइलेक्स, डाइजेपाम दुई एमएलको ९५ एम्पुल र लिजेसिक दुई एमएस लेखिएको ९५ एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताएका छन ।