झापा / पाँचथरको फिदिम नगरपालिकाबाट ८ ग्राम प्रतिबन्धित ब्राउनसुगर सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही नगरपालिका स्थित ३२ वर्षीया देवी लकान्द्री रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको विशेष सूचनामा आधारित भएर हिजो राती साँढे ७ बजे प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गरेको थियो ।
प्रहरीले गरेको उक्त चेक जाँचबाट डिजिटल तराजु १ थान र ८ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बरामद गरेको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।