मोरङ / मोरङको रतुवामाईमा पानी तान्ने ट्युवेलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिका –७ का २५ वर्षीय मदन श्रेष्ठ रहेका छन ।
हिजो (बहिबार) बेलुका ६ बजे रतुवामाई –९ स्थित बक्राहा खोलाको निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्दै आएका श्रेष्ठ पानी तान्ने ट्युवेल चलाउँदा करेन्ट लागेर घाईते भएका थिए ।
घाइते श्रेष्ठको उपचारको क्रममा अरनिको अस्पताल उर्लावारीमा मृत्यु भएको हो ।