काठमाडौं / जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावले देशभर नै मौसममा परिवर्तन आएका कारण केही स्थानहरूमा वर्षा र हिमपात पनि भइरहेको छ ।

मौसमविद् शान्ति कँडेलले केही समय घाम लागेपनि आगामी सोमबार सम्म मौसममा खासै परिवर्तन नआउने बताएकी छिन् । 

OM Sai Pathibhara Hospital

देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, मधेश र प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको समेत कँडेलले बताएकी छिन् । मौसमविद्ले कम्तीमा सोमबार सम्म यस्तै अवस्था जारी रहने पूर्वानुमान गरेका छन् ।

आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले ट्विटर मार्फत सार्वजनिक गरेको छ ।