काठमाडौं  / पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका –६ कालीखोलामा बिहीबार राति साढे २ बजे सुक्खा पहिरो खसेपछि सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

OM Sai Pathibhara Hospital

पहिरोका कारण दुईतर्फी रुपमा नै सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन पहिरोका कारण रोकिएका छन् ।