झापा / आजबाट सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्ने छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।
गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयहरूले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ ।