बिर्तामोड / बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पञ्चकन्याका ३२ वर्षीय विशाल राई रहेका छन् ।
प्रतिवादी विशाल राई भएको बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ वैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्स ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैयाँ ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आर आई टि बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका राईलाई आज सम्मानित सुनसरी जिल्ला अदालतमा राखिएको र सम्मानित अदालत बाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।