काठमाडौं  / सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । 

एमाले निकट अनेरास्ववियूले बिहीबार लैनचौरस्थित अस्कल क्याम्पस हाताभित्र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

OM Sai Pathibhara Hospital

सोही क्रममा उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको थियो । 

‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । 

नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने जनाएको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।

आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १ सय ६ रुपैयाँ कायम गरिएको छ ।