काठमाडौँ / टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधन भएको छ ।
परिवारले दिएको जानकारी अनुसार बिहीबार बिहान तीन बजे उपचारका क्रममा विश्वकर्माको पाटन अस्पतालमा मृत्यु भएको हो ।
बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
अछामको रामारोशन गाउँपालिका घर भएका २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।