काठमाडौँ / भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मनोज पाण्डे उप–प्रधानसेनापतिमा नियुक्त भएका छन् ।
पूर्वी कमान्ड सम्हाल्दै आएका पाण्डेलाई भारत सरकारले हिजो उप–प्रधानसेनापतिमा नियुक्ति गर्ने निर्णय गरेको हो । जनरल पाण्डेले लेफ्टिनेन्ट जनरल सीपी मोहन्तीलाई प्रतिस्थापन गर्नेछन् । उनी जनवरी ३१ मा सेवानिवृत्त हुँदैछन् ।
पाण्डेले नेशनल डिफेन्स एकेडेमीमा तालिम लिएका हुन् । उनी डिसेम्बर १९८२ मा कोर्प्स अफ इन्जिनियर्स (द बम्बे सेपर्स) मा नियुक्त भएका थिए ।