काठमाडौं / काठमाडौंबाट आज बिहान उडेको बुद्ध एयरको एउटा जहाज गन्तव्यमा पुगेर पनि अवतरण समस्या देखिएको छ ।
झन्डै एक घण्टा आकाशमा घुमेपछि मात्र नेपालगन्ज विमानस्थलमा अवतरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगन्ज विमानस्थलमा अवतरण भएको हो ।
सुरक्षा स्रोतका अनुसार जहाज बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो । तर नसकेपछि आकाशमै घुमिरहेको हो ।
यसैबीच अवतरण गरेको जहाजभित्र एक महिला यात्रु बेहोस अवस्थामा फेला परेकी छन्। बाँके प्रहरीका अनुसार उनको अहिले राँझा स्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।