झापा / कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका ४ को बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
घटनाको विरोधमा सोमबार बिहानैदेखि स्थानीयले लम्कीचुहा नगरपालिका -४ मा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
मोटरसाइकल चालकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै उनीहरूले राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । स्थानीयले टायर बालेर राजमार्गमा प्रर्दशनी पनि गरिरहेका छन् ।