काठमाडौं / हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन् । तराईका जिल्लामा केही दिनयता बाक्लो हुस्सु, कुहिरो लागेको छ । यसले गर्दा चिसो बढेको छ ।
यस्तै, देशका अन्य ठाउँमा पनि हुस्सु, कुहिरो लागेको छ । काठमाडौं उपत्यकासहित धेरै जिल्लाका घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताए ।
उनका अनुसार आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।
केही दिनदेखिको बाक्लो हुस्सु, कुहिरोका कारण विशेषगरी पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । न्यूनतम तापक्रम खासै नघटे पनि अधिकतम तापक्रम लगातार घट्दो छ ।