बिर्तामोड / मोरङको रतुवामाई नगरपालिका ९ भौडाबाट अवैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका ६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरिया सुनबर्शी ७ का ३० वर्षीय कार्तिक चन्द दास रहेका छन् ।
विशेष सूचनाको धारमा आज बिहान साँढे ९ बजे प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट अवैध औषधीजन्य ट्याब्लेट बरामद गरेको हो ।
अवैध औषधी सहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानको लागी औषधी ब्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।