सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१०, बुदबुदेमा निस्सासिएर एकै घरका चार जनाको मृत्यु भएको छ ।
शिवालय गाउँपालिका –४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा, उनका ९ वर्षीय छोरा चिरञ्जीवी, ८ वर्षीय छोरा निरज र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
शुक्रबार बेलुका घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक कल्पाका श्रीमान कृष्ण बूढा जाजरकोटमा मेडिकल चलाउँदै आएका छन् ।
सोही घरमा बसेका कल्पाका ससुरा हिजो बिहानै उठेर मन्दिर दर्शन गर्न गएका थिए । दिउँसो ४ बजे फर्केर आउँदा समेत कोही नउठेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।