बिर्तामोड / हिमालय टीभी एचडीबाट प्रसारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्सको पहिलो उपाधि जेनिश उप्रेतीले हात परेका छन् ।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्सको उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्सको ट्रफी, १५ लाखको चेक र विभिन्न गिफ्ट ट्याम्पर जितेका छन् । जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए । 
६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहेको यो रियालिटी शोमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

OM Sai Pathibhara Hospital

२० भागसम्म चलेको यो शोलाई दर्शकले अत्याधिक माया गरेका थिए । यसैबीच, ‘द भ्वाइस किड्स’ सफलतापूर्वक सम्पन्न भएसँगै हिमालय टीभीले ‘द भ्वाइस अफ नेपालको चौथो सिजनको अडिसन मङ्गलबारबाट सुरु हुने जनाएको छ ।
 शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रसारण हुँदै आएको थियो ।