झापा  / सङ्खुवासभाको सभापोखरी गाउँपालिका ३ बाह्रबिसे स्थितमा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । 

ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका  सिभिल इन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो ।  

OM Sai Pathibhara Hospital

उक्त निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा विद्युत प्रसारण लाइनको तारमा पर्न गई करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।