बिर्तामोड / पर्साको वीरगञ्ज महानगरपालिका –२३ इटियाही नारायणी बयोधा अस्पतालको पछाडि चौरमा रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको छ ।

मियाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहारको पूर्वी चम्पारण, मोतिहारी –६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने ई –रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका –५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसेन र छप्कैया बस्ने बाबर हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार  भारतको बिहार राज्य बैशाली घर भई हाल वीरगञ्ज –३ छप्कैया बस्दै आएका मियाँको हत्या भएको अनुसन्धानपश्चात् खुल्न आएको हो । आपसी झगडा हुँदा फलामको रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरिएको प्रहरीले जनाएको छ ।


उनीहरूबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने भनी धम्की दिएका थिए । मण्डलले सुनिललाई भेटी मियाँको हत्या गर्न रु ५० हजार दिएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । मियाँको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिए पनि एक जना भारतीय नागरिक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।