बिर्तामोड / वीरता लेडी जेसीजको अध्यक्षमा संगीता चिमरिया निर्वाचित भएकी छिन् ।
मंगलबार बिर्तामोडमा सम्पन्न शाखाको १८औँ अधिवेशनबाट सन् २०२२ का लागि अध्यक्षमा चिमरिया निर्वाचित भएकी हुन् ।
लेडी जेसीजको कार्यकारिणी उपाध्यक्षमा झुमा चुडाल, सुमित्रा भट्टराई, उपाध्यक्षमा सेलिसा उप्रेती, समिरा दाहाल, पुजा खरेल, निशा शाक्य र सहसचिवमा अर्चना राउत निर्वाचित भएका छन् ।
त्यस्तै जनसम्पर्क अधिकारीमा दिपा शिवाकोटी, तालिम संयोजकमा श्रेयसी चौधरी, शाखा सम्पादकमा लानीमाया तामाङ सर्वसम्मत भएका हुन् ।
अध्यक्ष चिमरियाले कानुनी सल्लाहकारमा हिमा पौडेल, कोषाध्यक्षमा संगीता गिरी, महासचिवमा युनिता दवाडीलाई मनोनित गरेकी छन् ।