बिर्तामोड / मोरङको धनपालथान गाउँपालिका २ बाट लागूऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बेलुकी सवा ३ बजे प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा धनपालथान -२ बरियाती टोलका ४० वर्षीय बसन्त पासवान, सुनसरी धरान १६ का ३६ वर्षीय रविन राई र २९ वर्षीय वचन राईलाई पक्राउ गरेको हो ।
निजहरुबाट अवैध लागूऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैयाँ र प्रदेश १०२००४५ प २६९९ नम्बरको मोटरसाइकल बरामद भएको थियो ।
अवैध लागूऔषध गाँजा सहित पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागूऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।