काठमाडौँ / नारायणहिटी सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले पदबाट राजीनामा दिएका छन् ।

नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । 

OM Sai Pathibhara Hospital

दाहाल २०७६ मंसिर ३ गते चार वर्षका लागि नारायणहिटी सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् ।