काठमाडौँ  / पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको मूल गेटस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । 

पूर्वराजा ज्ञानेन्द्रले १३ वर्षपछि आफ्ना पूर्वज तथा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् । 

OM Sai Pathibhara Hospital

२०६५ सालमा भएको गणतन्त्र घोषणायता पहिलो पटक पूर्व राजा शाहले आफ्ना पुर्खा बडामहाराजाधिराज पृथ्वी नारायण शाहको शालिकमा मंगलबार मध्याह्न साढे १२ बजे माल्यार्पण गरेका हुन्। 

उनी सिंहदरबार अगाडि पुग्दा सयौँ राजावादीहरूले स्वागत गरेका थिए। उनले पनि राजर्षि शैलीमा हात हल्लाउँदै आफ्ना समर्थकलाई अभिवादन गरे। 

राप्रपाका पूर्वअध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे ।