विराटनगर  / मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा ८१ वर्षीया वृद्ध पक्राउ परेका छन् । 

लेटाङ नगरपालिका –२ फँडानीका ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

सोमबार बेलुका भुजेलले बुढाथोकीको शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको सूचना पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली घटना स्थल पुगेको थियो । 

प्रहरीका अनुसार मृतकको टाउकोमा धारिलो हतियारले प्रहार गरेजस्तो देखिन्छ । सोमबार बेलुका मृतक बुढाथोकी र भुजेलसँगै बसेर मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । 

मदिरा सेवन पछिको विवादका कारण हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार केही दिनयता मृतक बुढाथोकी भुजेलको घरमा बस्दै एका थिए । बुढाथोकीको घर लेटाङमै भएपनि आफ्नो घरमा भने नबस्ने गरेको स्थानीयले बताएका छन् ।