काठमाडौं / सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । कार्ड विना सार्वजनिक स्थलहरूमा प्रवेश निषेध हुनेछ ।
सरकारी कार्यालय, होटल, सपिङ कम्प्लेक्स, सिनेमाघर, रङ्गशाला, हवाई यात्रा गर्दा खोपकार्ड अनिवार्य गरिएको छ ।
भ्याक्सिन लगाएको कार्ड मोबाइलमा देखिएपनि हुने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले जानकारी दिएको छ ।