बिर्तामोड /  दाङमा बस दुर्घटना हुँदा  नौ महिनाका एक शिशुको मृत्यु भएको प्रहरीले जनाएको  छ ।  दुर्घटनामा परी थप नौ यात्रु घाइते भएका छन् । 

मृत्यु हुनेमा भारतको मोतिहारीकाका नानु आलम रहेका छन ।

OM Sai Pathibhara Hospital

इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले घाइते शिशुको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए । 

प्रहरीका अनुसार दुर्घटनामा परि घाइते हुनेमा परी सुर्खेतको छिन्चु नगरपालिका वडा नं ९ का १७ वर्षीय दिलबहादुर क्षेत्री, रौतहटको  पूर्वाह गाउँपालिका वडा नं ६ का ३४ वर्षीय राम विनायक कुर्मी, पर्साको वीरगञ्ज उपमहानगरपालिका वडा नं १६ का ३५ वर्षीय रतन शाही, भारत विहारका ४० वर्षीय सन्शात खातुन, सोही ठाउँका  एन्डिल बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका वडा नं १८ की ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका वडा नं ७ का ४५ वर्षीय धनबहादुर रावत, सोही ठाउँका  ५२ वर्षीय  गोरख रावत रहेको छन । 

बसमा कुल २० यात्रु सवार रहेका  थिए । बस सडकदेखि झन्डै २० मिटर जति तल खसेको छ ।  घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ ।


पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही भालुबाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नं ५ सिसहनियाँ स्थित दोलाई खोला नजिक सोमबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा  परेको प्रहरीले जानकारी दिएको छ ।  

प्रहरी निरीक्षक भट्टले दोलाई खोला पुल नजिकै रहेको खाल्डोको कारण बस दुर्घटना भएको बताए ।