बिर्तामोड / ब्राउन सुगर कारोबारीहरूसँग पक्राउ परेका र्यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अदालतबाट दोस्रोपटक थप १७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताएका छन ।

OM Sai Pathibhara Hospital

पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरे सहित ४ जनालाई पक्राउ गरेको थियो । पहिलोपटक जिल्ला अदालत कास्कीले आरोपीहरूलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

पुस २१ बाट लागू हुनेगरि आइतबार दोस्रोपटक म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित र्यापर हुन् । उनी लागूऔषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । लाउरेले नवीन गुरुङसँग ब्राउन सुगर किन्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।


लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । पक्राउ परेकाहरुको साथबाट कास्की प्रहरीले १३ दशमलव १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । १३ दशमलव १ ग्राम लागुऔषध कारोबार गर्नेलाई ५ देखि १० बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । लागूऔषध नियन्त्रण ऐनअनुसार ब्राउन सुगर प्रयोगकर्तालाई १ वर्ष कैद हुने व्यवस्था छ ।