काठमाडौं / बढ्दो कोभिड सङ्क्रमणका कारण नेकपा एकीकृत समाजवादीले भेला स्थगित गरेको छ ।
पार्टीले सोमबारका लागि तय गरेको भेला कोभिड संक्रमण बढ्न थालेसँगै स्थगित गरेको हो ।
समाजवादीले काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा भेलाको आयोजना गरेको थियो । एकीकृत समाजवादीको संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको हो ।
‘कोभिडको बढ्दो सङ्क्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रमहरू आयोजना गर्न बन्देज लगाएको छ । यसर्थ, आज थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा आयोजना गर्ने भनिएका काठमाडौं जिल्ला, संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको सूचित गरिन्छ’ पार्टीले जारी गरेको सूचनामा उल्लेख छ ।