बिर्तामोड  / झापाको मेचीनगरबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –१० का ३२ वर्षीय बिक्रम प्रसाईं र मेचीनगर –९ का ४४ वर्षीय संजय खड्का रहेका छन् । 

OM Sai Pathibhara Hospital

हिजो (आइतबार) बेलुका साढे ४ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त पाठकले जानकारी दिए । 

पाठकका अनुसार पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ५ ग्राम ब्राउन सूगर, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।